तपाईको अाजकाे राशिफल हेर्नुहोस्

वि.सं. २०७५ साल जेठ १६ गते। बुधबार । इश्वी सन् २०१८ मे ३० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ अनलागा। अधिक ज्येष्ठ कृष्णपक्ष। तिथि– प्रतिपदा, २०:३२ बजेउप्रान्त द्वितीया। नक्षत्र– ज्येष्ठा, २६:४४ बजेउप्रान्त मूल। योग– सिद्ध, १७:३० बजेउप्रान्त साध्य। करण– वालव, ७:५२ बजेदेखि कौलव, २०:३२ बजेउप्रान्त तैतिल। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– वृश्चिक, २६:४४ बजेउप्रान्त धनु। काठमाडौंमा सूर्योदय– ५:११ बजे, सूर्यास्त– १८:५३ बजे र दिनमान ३४ घडी १४ पला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : दबाब र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ |

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । आफन्त संग मनमुटाव बढ्ला | सामान हराउन सक्नेछ |

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल/हाम्राे पात्राे

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन