गणतन्त्रको ब्याज खाएर बालकृष्णको बिरोधमा किन डकार्छौ रबिन्द्र दाई ?

रबिन्द्र मिश्र ज्यु नमस्कार !

तपाईं त्यही बालकृष्णले लिएको गणतन्त्रमा बसेर चुनावमा उम्मेदवार दिने तर आज त्यहि बालकृष्ण जेल मुक्त हुँदा बिरोध गर्ने कुन नांक हो ? तपाईंको यस्तो हर्कत पुरै गन्तव्य बिरोधि छ । तपाईं राजतन्त्रको बेला लन्डनमा बसेर डलर कमाई रहनु भएको थियो । आज नेपालमा गणतन्त्र आजपछी साझा पार्टी खोल्ने हैसियत कायम भयो ।

गणतन्त्र ल्याउने युद्दकालका मुद्दाहरुलाई आज ब्यूताएर बालकृष्णहरुलाई जेलमा कोच्ने तिम्रो दिमागले कसरि पत्रकारिता गर्यो ? बिदेशी मुद्रा खाएर, मुक्तिका खांतिर लड्नेहरुलाई गाली गरेर बसेको जस्तो उहिलेको बीबीसी झैँ प्याच्च बोल्न लाज लाग्दैन ?

बरु तपाईंले गणतन्त्रको लागी लड्ने सबैलाई धन्यवाद दिनुपर्छ । होइन भन्ने राजा बिरेन्द्रको हत्या विरुद्ध किन बोल्नु हुदैन किन अदालतमा मुद्दा दायर गर्नु भएन ? १२ बुंदे सम्झौता हुदै बिस्तृत शान्ति सम्झौता तत्कालीन सबै राजनीतिक दलहरूले गरेको हस्ताक्षर खारेज गर्ने भए, अब हुने युद्ध र अङ्गभंगको जिम्मेवारी कसले लिने हो ?

बिदेशी डलरको आडमा युद्द्लाई भड्काउने तपाइको कलम अझै बासि भएको छैन ।

मानव अधिकार तथा विश्वभरी सान्तिको अनुगमन गर्ने सयुक्त राष्ट्रसंघ मार्फत संक्रमणकालीन न्यायको बारेमा भएको अनुगमन र दलहरू बिच भएको सबै सहमतिमा तपाईं किन अनविज्ञ बन्नु भएको हो ?

अर्थात तपाई लन्डनमा भएर हो वा अहिले आएर चुनावमा नराम्रो नतिजा जनताले चखाइ सकेपछि पूर्वाग्रही हुनु भयो ?

बालकृष्णलाई आफ माफी मात्र होइन, सरकारले गणतन्त्रको पदक दिने हिम्मत गर्नुपर्छ । नत्र गणतन्त्रको ब्याज खाएर रबिन्द्र मिश्रहरुले डकार्दै बालकृष्णहरुलाई अपमान गर्ने नैतिकता कसै संग छैन ।

रबिन्द्र मिश्र साच्चिकै राजनीतिक मैदानमा आएको हो भन्ने बिरोध त्यसको गर्नुस् । जसले महँगीका कारण जनताको ढाड सेकेको छ । स्वास्थ शिक्षामा गरिबले उपयोग गर्न सकेका छैनन्, त्यता तिर बोल्ने आट किन आएन ।

जसले गणतन्त्रका लागि जिबन युद्दमा होम्यायो त्यसैलाई किन अपमान गर्दै हुनुहुन्छ महासय ?

राजनीतिक एउटा गुट होइन । राजनीतिक युग परिवर्तन गर्ने मोर्चा हो । जस्ले परिवर्तनको मोर्चा बोक्न सक्छ, त्यही नायक बनेर हिड्छ । बालकृष्णले बोकेको मोर्चाबाट आएको परिवर्तनको फाइदा तपाईंले आज उपभोग गर्दै हुनुहुन्छ । तिनै गणतन्त्र ल्याउने बालकृष्णलाई जेलको सजाए दिनु पर्छ भन्ने तपाइको मानसिकता कस्तो हो ?

तिम्रा बिचौलिया राजनीतिका कारण फेरी आर्को युद्द जन्माउने कुचेष्टा नगर रबिन्द्र दाई, इमान्दारिताको राजनीति गर नत्र, तिम्रो राजनीति आर्यघाटमा भेटिने छ ।

टीकाराम ओली – पूर्व जनमुक्ति सेना

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन