प्रचण्ड दुर्इ साता नहुँदा देश नै अध्याँरो !

म सानो छँदा घरमा बाबा एक दुई दिन नआइपुग्दा मनमा अत्यास लाग्थ्यो । कहिले आउनुहुन्छ बाबा भनेर, आज ठिक त्यस्तै लागिरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) अध्यक्ष प्रचण्ड मुलुक बाहिर यति लामो समय बसिदिदा, नेपाल उहाँको अनुपस्थितिमा शून्यझैं लागि रहेको थियो ।

नुन नभएको तरकारी खाए झैं वा के नमिलेको के नपुगेको जस्तो नमिठो महशुस भइरहेको थियो । मेरो यस लेखलाई कसैले अन्यथा नसोचि दिउहोला र केही गल्ति लेखेको भए अग्रिम माफी पनि माग्न चाहन्छु ।

म निरंकुश शासन ब्यबस्थालाई हटाउन बाल्यकालदेखि नै कम्युनिस्ट आन्दोलनमा समय, काल र परिस्थितिसङ्गै विभिन्न मोर्चामा होमिएको कार्यकर्ता हो । राजनैतिक अर्धचेतनामा बर्बराउन चाहिन । राजनितिले विभिन्न आरोह र बरोहहरुसङ्गै बाच्न सिकायो । यसको श्रेय तत्कालिन नेकपा (माओबादी) लाई नै जाने छ ।

हामी त्यतिबेला आफ्नो टिम कमाण्डरले दिएको आदेशमा मात्रै अन्धभक्त भएर हिडेनौ । विभिन्न कार्यक्रम र योजना कहाँबाट आयो र निर्देशित भयो भन्ने बुझेर मात्रै अनुशासित ढंगले कार्ययोजना सम्पन्न गर्न लाग्थ्यौ ।

राजु डुम्रे

कुनै बेला हामी तत्कालिन शाहिसेना र पुलिसको हिरासत पुगेका थियौ । त्यहाँ कतिपय सहयात्री साथीहरु बेपता भए र कतिपय यातना सहन नसकेर हिरासत भित्रै मारिए र यातना सहेर बाँचिएका हामीलाइ फेरि संघर्षको मैदानमा तत्कालिन राजनैतिक कमाण्ड गर्दै आफ्नो कार्यकर्तालाइ रिहा गर्न निरन्तरतामा क्रम भंङ्ग गर्दै अगाडि बढेको नेपाली जनयुद्धले संसारलाइ चकित बनायो ।

जनयुद्ध, शान्ती सम्झौता, संविधान सभाबाट संविधान, संघिय लोकतान्त्रीक गणतन्त्र स्थापनार्थको निम्ति स्थानिय निर्वाचन र संघिय प्रदेश सभाको निर्वाचन र देश भित्र बलियो कम्युनिष्ट व्यवस्थाको दुइतिहाइभन्दा माथिको बलियो सरकार बनाउन अहम् भूमिका प्रचण्डको नै रह्यो ।

यतिबेला नेपाली युवाहरुको आशा र भरोसाको केन्द्र नेपाल कम्युनिष्ट पार्टी छ । नेकपाका दुई अध्यक्ष्यमध्ये प्रचण्ड झण्डै दुई हप्ता विदेश बस्नुभयो । उहाँ विदेश हुँदा देशले निकै न्यास्रो मानिरह्यो । विदेशमा जीवन संगिनीको उपचारमा विताएको दुई हप्ताले नेपालमा प्रचण्ड नहुँदा कस्तो अवस्था हुँदो रैछ भन्ने प्रमाणित गर्यो । उहाँ मुलुलक बाहिर हुँदा विभिन्न समस्या सिर्जीत भए । अहिले पनि ती घटनाले पार पाएका छैनन् । हिजै मात्र उहाँ स्वदेश फिर्ता हुनु भएको छ । अब ति सबै घटनाले समाधान पाउँने छन्, आशा गरौं ।

पत्नी सीताले जनयुद्धका बेला प्रचण्डलाई विभिन्न आरोह अवरोहमा साथ दिनु भएको छ । १० वर्षे जनयुद्ध सफल पार्नमा सीताको पनि ठूलो भूमिका छ । उहाँले प्रचण्डलाई दिएकोसाथले नै आज देश समृद्धीको बाटोमा लम्कीदै छ । श्रीमती भनेकी घरकी एक शिक्षीका पनि हुन् । हो सीताले पनि प्रचण्डलाई जनयुद्धका बेला विभिन्न सहयोग गर्नु भएको छ । उहाँले पाइला पाइलामा साथ दिन नसक्नु भएको होला, तर विभिन्न समस्या पर्दा सहज गर्न पक्कै सहयोग प्रदान गर्नु भएको छ ।

अहिले सीता दाहाल विरामी हुनुहन्छ । जति पहिले स्वस्थ हुनुहुन्थ्यो अहिले उहाँमा त्यो स्वस्थता कम छ । तर, हिम्मत नहार्नुहोस् हामी लाखौं नेपाली युवा तपाईको साथमा छौं । तपाईको हिम्मत तथा आत्मविश्वास कम कसरी भयो पक्कै हामीलाई थाह छ ।

त्यसको प्रमुख कारण छोरा प्रकाशको अप्रत्याशित मृत्यु नै हो । मृत्युभन्दा ठूलो कोही हुँदैन । त्यसकारण अझैं पनि चिन्ता मानेर होइन प्रकाशझैं साथ दिने कयौं नेपाली युवा तपाईमाझ हुनुहुन्छ भनी आफूमा उत्साह भर्नुहोस् । तपाई विरामी हुँदा कयौं नेपाली विरामी भएको महसुस गरेका छौं । तर स्वस्थ भएर नेपाल फर्केको सुन्दा मनमा आनन्द आइरहेको छ । यो आनन्द भर्नका लागि सहयोग गर्ने सबैमा धन्यवाद । अब सधैं स्वस्थ रहन तपाइलाई सबैको कामना छ ।

– एभरेस्ट दैनिकमा राजु डुम्रेको लेख ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन