एसियाली युथ एथ्लेटिक्समा स्वर्णपदक विजेता अजितकुमारलाई पदेश सरकारको पाँच लाख

काठमाडाैं – हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेका सप्तरीका अजितकुमार यादवलाई प्रदेश सरकारले पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले अजित तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेर मुलुकको साथै प्रदेश २ को नाम समेत विश्वस्तरमै स्थापित गरेको भन्दै प्रोत्साहन स्वरुप पाँच लाख नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको हो । हङकङमा आइतवार भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको पुरुष तर्फ ३००० तीन हजार मिटर दौडमा सप्तरीका अजितले आठ मिनेट ३०.३२ सेकेण्डमा दौड पुरा गरेका थिए ।

नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक जितेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन