भारतमा लोकसभा चुनावमा भाजपालाई भोट नदिन फिल्मकर्मीहरुको आग्रह

नयाँदिल्ली- एक सय भन्दा धेरै भारतीय फिल्मकर्मीहरुले विज्ञप्ति निकाल्दै सत्तारुढ दल भारतीय जनता पार्टीलाई लोकसभा चुनावमा मतदान नगर्न आग्रह गरेका छन् ।

यस्तो आग्रह गर्दै उनीहरुले विज्ञप्तिमा हस्ताक्षर समेत गरेका छन् । यसरी हस्ताक्षर गर्नेमा अधिकांश स्वतन्त्र फिल्मकर्मीहरु छन् । ‘सेभ डेमोक्रेसी’ नामक संस्थाको तर्फबाट उनीहरुले यस्तो विज्ञप्ति निकालेका हुन् ।

प्रसिद्ध फिल्मकर्मी आनन्द पटवार्धन, सनलकुमार शशिधरण, पुष्पेन्द्र सिंह, सुदेभन, भेत्राई मारन, दीपा धनराज, गुर्भिन्दर सिंह, कविर सिंह चौधरी, प्रविण मोर्छाले, अन्जली मोन्तेइरो, देवाशिस मुखर्जी लगायत फिल्मकर्मीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

आर्टिस्ट सुनितेन्दिया डटकममार्फत हालै यस्तो विज्ञप्ति सार्वजनिक गरिएको हो । सन् २०१४ देखि नै शक्ति र सत्तामा रहेको भारतीय जनता पार्टीले झन खराब काम गरेको र मुलुकको अवस्था झन बिग्रँदैगएको भन्दै आगामी लोकसभामा उक्त पार्टीलाई मतदान नगर्न विज्ञप्तिमा आग्रह गर्रिको छ ।

आफ्नो विवेक प्रयोग गर्दै कुनै दललाई मतदान गर्न पनि उनीहरुले आग्रह गरेका छन् । दलित, मुस्लिम, अल्पसंख्यक समुदायको विरुद्धमा भारतीय जनता पार्टीले काम गर्दैआएकोले उक्त पार्टीलाई नजिताउन फिल्मकर्मीले आग्रह गरेका हुन् । सामाजिक संजालमा समेत उनीहरुले उक्त विज्ञप्तिलाई आम जनतामाझ प्रचार गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन