गालामा चड्काउने प्रतियोगिता

एजेन्सी – तपाईले धेरै थरिका खेल र प्रतियोगिता हेर्नु र खेल्नु भएको होला । तर, रुसमा गाला चड्काउने प्रतियोगिता हुने गरेको छ ।

रुसको क्रास्नोयास्र्कमा हालै गालामा चड्काउने प्रतियोगिता भएको छ । प्रतियोगितामा दुईजना पहलमानको भिडन्तको भिडियो सोसल साइटमा भाइरल बनेको छ, यतिबेला । यो भिडियोमा निलो स्वेटर पहिरिएको एकजना दाह्रीवाल पुरुष र सेतो टिसर्ट लगाएको अर्को पुरुषबीच गालामा थप्पड हानाहान भएको देखिन्छ ।

निलो स्वेटरवाला पुरुषले यति जोडसँग सेतो टिसर्टवालालाई चड्काउँछन् कि दुई पटकमै पराजित गर्दछन् । चड्कन खाएर रन्थनिएका पराजित व्यक्तिको नाकबाट रगत बगेको देखिन्छ । विजेताको नाम वेसिली कामोट्स्की हो ।

उनले ३० हजार रुबल्स पुरस्कार प्राप्त गरेका छन् । साइबेरियामा पर्ने उक्त क्षेत्रमा स्लापिङ्ग च्याम्पियनसिपको आयोजना हुन्छ । जसमा एउटा टेबलको आमने–सामने उभिएका दुईजना पुरुषबीच गालामा चट्काउने खेल हुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन