‘मदन भण्डारी नेपालकाे वास्तविक हिरो’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपालकाे वास्तविक हिरो मदन भण्डारी भएको बताएका छन् । उनले जननेता भण्डारी हामी माझ नभएकाे २५ वर्ष हुँदा पनि उनले लिएका सोच र विचारअनुसार नै देशले बाटो लिएकाे बताउँदै नेपाली हिराे भएका बताएका हुन् ।

मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनियरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भण्डारीको विचारअनुसारै शासन प्रणाली स्थापित भएको उल्लेख गरे । कोही मानिसले नबुझेर र स्वार्थले विरोध गरे पनि नेता भण्डारीको विचारअनुसार देशको सुशासन र विकास हुने बताए ।

प्रतिष्ठानको विकासका लागि संघीय, प्रदेश र स्थानीय तह तीन वटै सरकार एक भएर लाग्नु पर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सो संस्थामा अध्ययन गर्ने भाइबहिनी इञ्जिनीयर र प्राविधिक भएर निस्कने भएकाले नै संस्थाको विकास नै समाजको विकास हुने बताएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन