विवाहको चार दिनमै हलिउड नायकको सम्वन्धबिच्छेद

एजेन्सी – हलिउड स्टार निकोलस केज दम्पत्ति विवाहको चार दिनमै अदालतमा सम्वन्धबिच्छेदका लागि पुगेका छन् ।

गए हप्ता आइतवार मात्र निकोलस प्रेमिका एरिका कोइकासँग विवाह दर्ता गर्न अदालत पुगेका थिए तर बुधवार नै यी दम्पत्ति पूनः सम्वन्धबिच्छेदका लागि अदालत पुगेका छन् । ‘द घोष्ट राइडर’ स्टार निकोलसको यो चौथो विवाह हो । विवाहअघि रिलेसनमा रहेको नखुलाएका निकोलसले प्रेमिका कोइकासँग सरप्राइज म्यारिज गरेका थिए ।

५५ वर्षिय निकोलसका फ्यानहरुले किन यति छिट्टै सम्वन्धमा दरार आएको भन्दै प्रश्न गरेपनि उनले यसबारे केहि जवाफ दिएका छैनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन