अब चलचित्र निर्देशन गर्दै रक गायिका सरस्वती लामा

रक गायिकाको परिचय बनाएकी पछिल्लो समयकी चर्चित गायिका नेपाली चलचित्र उद्योगमा प्रबेश गरेकी छिन ।

उनले निर्देशन गर्ने चलचित्र ‘द डार्क एण्ड लाइट’ को शुभमुर्हुत समेत गरिएको छ । चलचित्रका निर्देशक राजु अर्याल, अभिनेता पिटर खालिङ, अभिनेत्री सरस्वती लामा तथा निर्देशक राजु अर्यालले क्यामराको पूजा गरेका थिए भने वरिष्ठ गीतकार राजेन्द्र थापाले नविरल फुटाएर शुभुमुहर्त भएको घोषणा गरेका छन । खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्र पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा आयोजित समारोहमा चलचित्रको क्यामरा पूजा गर्दै शुभमुहुर्त शुक्रबार शुभमुर्हुत गरिएको हो । चलचित्रमा राजु अर्याल मुख्य निर्देश,पिटर खालिङ, सरस्वती लामा तथा केशवराज भट्टको निर्देशन रहने छ ।

वृद्धाश्रममा आश्रित वृद्ध–वद्धाहरुलाई खाना खुवाउने उदेश्यले गरिएको शुभमुहुर्त समारोहमा चलचित्रकी अभिनेत्री तथा निर्देशक सरस्वती लामा तथा गायक डेविड शंकरले चलचित्रको प्रोमोशनल गीत गाएका थिए । उक्त गीतमा राजेन्द्र थापाका शब्द तथा दीपक शर्माको संगीत निर्देशन छ । चलचित्रका प्रस्तुतकर्ता, निर्देशक तथा अभिनेता पिटर खालिङले यो चलचित्र कमेडी, रोमान्स तथा द्वन्द्व प्रधान हुने धारणा व्यक्त गरे । गायिकाको रुपमा स्थापित भैसकेकी सरस्वती लामाले यही चलचित्रमार्फत पाश्र्व गायनका साथै अभिनय र निर्देर्शनको क्षेत्रमा समेत सक्रिय हुन लागेको बताइन् ।

एक महिनाको सेड्यूलमा छायांकन सम्पन्न गर्ने लक्ष्य लिएको यो चलचित्र दसैंअघि नै दर्शकमाझ आउने जानकारी गराइएको छ । चलचित्रको कथा, पटकथा तथा संवाद अभिनेता पिटर खालिङले तयार पारेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन