‘दिपक मनाङे एमालेको सदस्य होइन’ : लालबाबु पण्डित ( भिडियो )

राजनीतिमा रुचाइएका ‘एक्स्ट्रा’ पात्र मानिन्छन् लालबाबु पण्डित । सामान्य प्रशासन मन्त्री हुँदा चर्चामा आएका लालबाबु कम खर्चमा चुनाव जित्ने, स्पष्टबक्ता र इमान्दार नेता मानिन्छन् ।

पण्डित राजनीतिमा लागेर ‘सेलिब्रेटी’ समेत बनिसकेका छन् । उनी केहि समय अघि आफु गृहमन्त्री भए ५० प्रतिसत अपराध घटाउँछु भनेर पुन: चर्चामा आएका थिए । एमालेले दिपक मनाङे जस्ता नाम चलेका गुण्डालाई समर्थन गरेर जिताएको प्रसङ्गमा सोधिएको प्रश्नमा उनले दिपक मनाङे एमालेको सदस्य नभएको बताएका छन् । यसै बीच अन्तर्वार्ताकै क्रममा उनले कोहि पनि अपराधीलाई दण्डित गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको समेत बताएका छन ।

प्रस्तुत छ, नेकपा एमालेका नेता तथा मोरंग ६ बाट प्रतिनिधि सभामा निर्वाचित उनै पण्डितसँग गरिएको कुराकानी ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन