यसरि इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दा प्रियंकाले कमाउछिन एक करोड ८६ लाख

मुम्बई – बलिउडका सेलिब्रिटीहरू सामाजिक सञ्जालमा सक्रिय नहुने कुरै भएन । तर सामाजिक सञ्जालमा आफ्नो सक्रियताले पनि उनीहरू आकर्षक कमाइ गरिरहेका छन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसमध्येकी एक पात्र हुन्, प्रियंका चोपडा ।

बलिउडदेखि अहिले हलिउडसम्म छलांग मारेकी प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी इन्स्टाग्राम पोस्टबाट मात्रै करोडौं कमाउँछिन् । इन्स्टाग्रामको सेड्युलिंग टुलले उनको कमाइको पुष्टि गरेको छ । इन्स्टाग्राम पोस्टबाट आकर्षक कमाइ गर्नेमा उनी बलिउडकी एक्ली स्टार हुन् । कमाइको आधारमा उनी १९औं स्थानमा छिन् । सेलेब्रिटी सबसेक्सनमा भने उनी १६औं स्थानमा छिन् ।

इन्स्टाग्राममा प्रियंका चोपडाको करिब चार करोड ३० लाख फलोअर्स छन् । समाचारअनुसार प्रियंका इन्स्टाग्राममा एक पोस्ट सेयर गरेबापत भारु एक करोड ८६ लाख पाउने गरेकी छिन् । प्रियंकासँग धेरै ब्रान्ड छन्, जसको प्रमोसन उनी सोसल मिडियामार्फत आफ्नो एकाउन्टबाट गर्छिन् ।

प्रियंका धेरै समयदेखि बलिउडबाट टाढा छिन् । उनी फिल्म ‘स्काई इज पिंक’ बाट बलिउडमा कमब्याक गर्दैछिन् । इन्स्टाग्राम पोस्टबाट आकर्षक कमाइ गर्नेमा भने पहिलो स्थानमा अमेरिकी गायिका काइली जेनर छिन् । उनले इन्स्टाग्राममा एक पोस्ट सेयर गरेबापत भारु आठ करोड ७३ लाख पाउने गरेकी छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन