नेपाल भित्रियो चर्चित ब्राण्ड डुकाटीको इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य

नाडा अटो शोमा चर्चित ब्राण्ड डुकाटीको विद्युतीय स्कुटर भित्रिएको छ।

विद्युतीय सवारीसाधनका लागि प्रख्यात कम्पनी सुपर सोको र डुकाटीको सहकार्यमा यो स्कुटर निर्माण भएको हो। यो स्कुटरले विद्युतीय सवारी साधनप्रतिको विश्वास बढाउने कम्पनीका बिजनेस हेड नवराज पौडेलले दाबी गरे।

‘यस्ता कम्पनी धेरै आए तर हराएर गए। हामी ग्राहकलाई पूर्ण सेवा दिन्छौं,’ उनले सेतोपाटीसगँ भने। सुपर सोकोको सियुएक्स– डुकाटी एडिसनले २७८८ वार्ट पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ।

६५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्ने यो स्कुटर फुल चार्जमा ७५ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ।

१४० एमएम ग्राउण्ड क्लेयरेन्स रहेको यो स्कुटरको मूल्य कम्पनीले मूल्य ३ लाख ४८ हजार निर्धारण गरेको छ। यसमा स्मार्टफोन कनेक्टीभिटी, स्क्रिन, एन्टी थिफ लगाएतका फिचर्स समावेस छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

विज्ञापन

विज्ञापन